काठमाडौं, २१ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने बताएका छन् । बिहिवार राजधानीमा आयोजित ट्राफिक एक्सन टिम कार्यक्रममा महानिरीक्षक खनालले उपत्यकालाई प्रदुषण मुक्त बनाइने उल्लेख गरे ।
आइजीपी खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराए । उनले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए ।
आइजीपी खनालले काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका, सडक विभागलगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने भनाई दोहोर्याए ।