काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विभिन्न वहानामा आन्तरिक द्वन्द्व मच्चाउन खोज्ने शक्तिलाई परास्त गरिएको दाबी गरेका छन् ।
आइतबार रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराईएको बताएका हुन् । उनले ती शक्ति पराजित भएपछि अब मुलुकमा पृथकतावाद नभएको टुक्राउन पर्छ भन्ने माग नभएको भन्दै देश सबल र सुदृढ अवस्थामा पुगेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरि कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पुर्ण शक्ति सम्मुन्नत विकास र सम्मृद्धिमा केन्द्रीत गरिने बताए । उनले लोकतन्त्र प्राप्ती र रक्षामा संञ्चारमाध्यमको असाधारण भुमिका रहेको समेत उल्लेख गरे ।