धुलाम्य सडक सफा गर्न ब्रुमरलाई चुनौती | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

धुलाम्य सडक सफा गर्न ब्रुमरलाई चुनौती

broomer

काठमाडौं, १७ चैत । राजधानी काठमाडौँको सडक सफा गर्न खटिएका पाँचवटा ब्रुमरले यतिबेला चुनौती खेपिरहेका छन् । विदेशका चिल्ला सडक सफा गर्ने ब्रुमरलाई अव्यवस्थित सहरको धुलाम्य सडक सफा गर्न चुनौती खेप्नु परेको हो ।

सडकमा थुपारिने गेग्रान, गिटीबालुवा र फोहोर काठमाडौँ महानगरपालिकाको धुलो सफा गर्ने बु्रमरलाई निकै अप्ठेरो परेको छ । “ब्रुमरले तान्नै नसक्ने गिटी, ईंटा, बालुवाले ब्रुमरलाई अप्ठेरो परेको छ,” महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

“अझ बजार क्षेत्रको सडकमा त आलो फोहोर त विस्कुन सुकाएजस्तो राति नै थुप्रिने रहेछ, कसरी निकाल्नु धुलो ?” श्रेष्ठले भने । गत मङ्गलबारदेखि बु्रमरले राजधानीको सडकमा धुलो उठाउन शुरु गरेको छ ।

दुई दिन उनी ब्रुमरसँगै राजधानीका सडकका धुलो उठाउने कामको अवलोकन गर्न हिँड्दाको अनुभवले बिरक्तिए । मानिसहरूले जथाभावी फोहोर फालेर अमानवीय व्यवहार प्रदर्शन गरिरहेको उनले बताए । जसकाकारण सडकलाई धुलोमुक्त बनाउने योजनामा बाधा आइपरेको उनको अनुभव छ ।

दरबारमार्ग, न्युरोड सडक, पुतली सडक लगायतको बजारी क्षेत्रमा जताततै राति सडकमा अत्यधिक फोहोर फालिएको पाइएको श्रेष्ठले बताए ।
उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाले खनेका सडकका खाल्डाखुल्डीमा थुपारिएका गिटी, बालुवा होस् वा घर निर्माणकर्ताले थुपारेका निर्माण सामग्रीले ब्रुमरको कामका बाधासँगै यसको आयु घटाउने काम गरिरहेको छ ।

दिउँसो सर्वसाधारण सबैको पार्किङस्थल सडक बन्छ । जसका कारण दिउँसो बु्रमर डुल्नै पाउँदैन । राति स्थानीय घर र डेरावालका मोटरसाइकल र गाडी पार्किङ गर्ने स्थान समेत सडक नै बन्ने गरेकाले ब्रुमरले अर्को समस्या खेप्नु परेको छ ।

पाँचवटा ब्रुमरले यतिबेला ह्वारह्वार्ती धुलोको चाप सहनु परेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार पहिलो चरणमा पाँचवटा रुटका मुख्य सडकको धुलो ब्रुमरले सफा गरिरहेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);