कुष्ठ रोगीलाई आदर गरौं : स्वास्थ्य मन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

कुष्ठ रोगीलाई आदर गरौं : स्वास्थ्य मन्त्री

काठमाडाैं, २७ फागुन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कुष्ठ रोगीहरुलाई आदरभावका साथ हेर्न सबैलाई आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री यादवले समयमै उपचार गरे कुष्ठ रोग निको हुने पनि स्पष्ट पारे । कुष्ठ रोगीलाई उपचारको लागि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रले समेत आवश्यक व्यवस्था मिलाएको उपप्रधानमन्त्री यादवको दावी छ ।

२१ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानले स्वास्थ्य उपचार हरेक नागरिकले गर्न पाउने व्यवस्था गरेको उल्लेख गर्दै रोग नलुकाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि सबैलाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री यादवले नेपालमा कुष्ठ रोगलाई पापको फलको रुपमा हेर्ने गरेकाले पनि यसका रोगीहरुले समयमै उपचार गर्न नपाएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);