काठमाडौं, १७ फागुन । ललितपुर महानगरले कडाई र अनुगमन नगर्दा ठुला कर दाताहरुले अर्बाैँको कर छली गर्दै आएका छन् । जनप्रतिनिधि आएपछि महानगरको बक्यौा झन झन चुलिँदै गएको छ ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले तीन अर्बभन्दा बढी राजस्व उठ्न नसकेको जानकारी दिए । उनले ठुलो कर दाताहरुले आफ्नो विवरण समेत महानगरमा पेश गर्न आनाकानी गर्दै आएको बताए ।
‘हामीले फाट्टफुट्ट अनुगमन त गर्दै आएका छौँ, तर कर्मचारी मात्रै जागिर हुन्न, यसमा जनप्रतिनिधिले पनि उत्तिकै साथ दिन आवश्यक छ,’ उनले भने, ‘सबैभन्दा सकस त ठुला कर दाताबाट कर संकलन गर्नमा छ ।’ उनको अनुसार अर्बौको बिजनेस गर्ने ठुला करदाताले कर नतिर्दा त्यसको मर्का महानगरलाई परेको छ । यो समाचार नागरिक दैनिकमा लेखेको छ ।