खुल्दै तातोपानी नाका | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

खुल्दै तातोपानी नाका

tatopani-border

काठमाडौं, १४ फागुन । सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो ।

त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहे पनि नेपालका कतिपय स्थानमा चीनविरोधी गतिविधि भइरहेको चिनियाँ पक्षको बुझाइ छ । तातोपानी क्षेत्रमा भूकम्पबाट भत्किएका घरका भग्नावशेष हटाउँदा तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका तस्बिर र पुस्तक भेटिएका थिए । त्यसपछि चीन त्यहाँको सुरक्षा अवस्थाबाट सशंकित हुँदै आएको छ ।

भौतिक पूर्वाधारलाई समस्या देखाए पनि सुरक्षा मुख्य सरोकार भएको जानकार बताउँछन् । द्विपक्षीय बैठकमा पनि चिनियाँ पक्षले सुरक्षाको विषयलाई महŒव दिँदै आएको छ । भूकम्पपछि त्यहाँका अधिकांश सरकारी कार्यालय विस्थापित भएका थिए । चीन सरकारले भौतिक पूर्वाधार र सुरक्षा अभाव देखाउँदै नाका खोल्न आनाकानी गर्दै आएको थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);