कास्की, ११ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको सरकारले कुरा मात्र गरेको आरोप लगाएका छन् । शनिबार प्रेस युनियन कास्कीको नवौ जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले केपी नेतृत्वको सरकार अन्य क्षेत्रमा मात्र नभएर लोकतन्त्रको रक्षा गर्ने विषयमासमेत असफल भएको दावी गरे ।
उनले सरकारले प्रेस र सामाजिक संजालमा समेत नियन्त्रण गर्नेगरि काुनन ल्याउन लागेको भन्दै पत्रकारितालाई स्वतन्त्र राख्न सबै सचेत भएर लाग्नुपर्ने बताए ।
देउवाले लोकतन्त्र स्थापनामा प्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै कांग्रेस सधँै स्वतन्त्र प्रेसको पक्षमा उभिने बताए । कार्यक्रममा पत्रकारितामार्फत विभिन्न क्षेत्रमा योगदान दिएका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।