जसलाई फेसबुकले मृत घोषणा गरिदियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

जसलाई फेसबुकले मृत घोषणा गरिदियो

narendra saud

काठमाडौं, ६ फागुन । गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।

त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखिएको थियो ‘दिस एकाउन्ट इज इन अ इस्पेसल मेमोरिखलाइज्ड स्टेट ।’ अर्थात ‘यो एकाउन्ट विशेष रुपमा स्मरणीय छ ।’

अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजेँ । त्यहाँ प्रष्टै लेखिएको थियो , ‘मेमोराइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो ।’ अब, भन्नुहोस् मेरो अवस्था के भयो होला ? यो समाचार अन्नपूर्णमा नरेन्द्र साउदले अन्नपूर्णमा लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);