काठमाडौं, १५ भदौ । सर्वोच्च अदालतले आज पनि डिआइजी नवराज सिलवालको मुद्दामा बहस गर्ने भएको छ। सकारले आफुभन्दा कनिष्ठ नेपाल प्रहरीका जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि नवराज सिलवाल अदालत गएका थिए।
अदालतले जयबहादुरको नियुक्ती बदर गरिदिएपछि सरकारले प्रकाश अर्याललाई आइजीपी बनाएको छ। सो मुद्दा अहिले सम्म चलिरहेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली सहितको ७ सदस्यीय पूर्ण इजलासले उक्त मुद्दामा सुनुवाई गर्दै छ।
आज सरकारी वकिलको तर्फबाट बहस गर्ने र नवराज सिलवालको तर्फबाट जवाफ फर्काउने काम मात्रै बाँकी छ। त्यसले यो मुद्दामा आजै फैसला आउन सक्ने आँकलन गरिएको छ।