आज विद्याकी देवी सरस्वतीको आराधना गरी श्रीपञ्चमी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

आज विद्याकी देवी सरस्वतीको आराधना गरी श्रीपञ्चमी मनाइँदै

saraswoti puja

काठमाडौं, २७ माघ । माघ शुक्ल पञ्चमीका दिन आज समस्त हिन्दूले विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको आराधना गरेर श्रीपञ्चमी मनाउँदैछन् । यसै अवसरमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा सरस्वतीको जलघडा अभिषेक ग्रहण गर्दै वसन्त श्रवण गर्ने प्रचलन छ ।

यसको आवश्यक तयारी सम्पन्न भएको जनाइएको छ । यस दिनलाई नवगृह प्रवेश, जीर्ण गृह प्रवेश, विवाहलगायतका धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने दिनको रूपमा लिइन्छ । यसै दिन शिशुलाई अक्षराम्भ गराउने र नाक कान छेडाउने प्रचलन समेत रहेको छ ।

गैरीधाराको नील सरस्वती, लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वती खेल, मैतिदेवीको सरस्वती मन्दिर, स्वयम्भूलगायतका मुलुकभरका सरस्वती मन्दिरमा भक्तजनको उल्लेख्य घुँइचो लाग्ने गर्दछ । सरस्वती पुजाका अवसरमा विद्यालयहरुमा समेत विशेष कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);