बैंकले मनपरी ब्याज बढाएको भन्दै बाँकेका उद्योगी आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

बैंकले मनपरी ब्याज बढाएको भन्दै बाँकेका उद्योगी आन्दोलनमा

निशा शाह
नेपालगञ्ज, २५ माघ । बाणिज्य बैंकले मनपरी ढंगले व्याजदर बढाएको भन्दै नेपालगञ्जका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उद्योगी व्यवसायीहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

ऋणीहरुलाई कुनै जानकारी नदिई कमर्सियल बैंकहरुले व्याजदर बढाउँदा नेपालगञ्जका उद्योगी व्यवसायीहरु मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । यसरी बैंकले ऋणको व्याज मनपरी ढंगले बढाउने हो भने उद्योगी व्यवसायीहरु धरासायी हुने नेपालगञ्जका उद्योगी व्यवसायीहरु बताउँछन् ।

व्यवसाय नचलेको अवस्था, घरभाडा बढ्दै जाने, बजारमा प्रतिस्पर्धा गर्नुपर्ने स्थितिमा अझै कुनै जानकारी नदिई बँैकहरुले आफ्नो मनोमानी ढंगले व्याजदर बढाउने गरेकै कारण बाँकेमा व्यवसायी महिलाहरुको संख्या घट्दै गएको व्यवसायी गँगा लम्सालले बताइन् ।

बाँकेमा ६ हजार उद्योग व्यसाय संचालनमा रहेका छन् । बाँकेमा विभिन्न बैंकका १ सय ८ वटा शाखाहरु रहेका छन् । क वर्गका ६८ वटा, ख वर्गका ३५ वटा र ग वर्गका ५ वटा बैंकहरु संचालनमा रहेका छन् ।

कुन व्यवसायीले के व्यवसाय संचालन गर्ने हो भन्दा पनि मान्छेको सम्बन्धका आधारमा १६ प्रतिशतसम्म व्याजदर लिने गरिएको छ । नेपालगञ्जका उद्योग व्यसायीहरुले ऋणको व्याजदर ८ प्रतिशतमा झार्नु पर्ने बताउँछन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको उपमहासचिव तारा कुमारी रोकायले बंैकहरुले बढाएको चर्काे व्याजदरकै कारण आन्दोलनमा उत्रिएको बताइन् ।

विगत एक वर्षदेखि निरन्तर व्याज बढेकोले गाह्रो भएको, सानादेखि ठूला व्यापारीहरु बताउँछन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टन्डनले चर्को व्याजले व्यासायी मात्र नभई सर्वसाधारणहरु पनि मर्कामा परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);