पोखरा, २४ माघ । वर्षाका कारण पोखरामा जारी मनकामना कप फुटबल अन्तरगतका बिहिवारका खेल रद्ध भएका छन् । पोखरा रंगशालामा भईरहेको खेलमा बिहिवार भारी बर्षा भएपछि खेल रद्ध भएको हो ।
प्रतियोगितामा बिहिवार बाट सेमिफाइनलका खेलहरु संचालन हुने कार्यतालिका रहेको थियो । सेमीफाइनलमा मनाङ मस्र्याङदी,सशस्त्र प्रहरीको एपिएफ क्लव, जापानको रोस्सी विश्वविध्यालय र क्यामरुनको डाफिन्स क्लवबीच प्रतिस्पर्धा हुने छ ।




