नेपालमा खेलकुद खेल्न अब विदेशी खेलाडीले श्रम स्वीकृति लिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

नेपालमा खेलकुद खेल्न अब विदेशी खेलाडीले श्रम स्वीकृति लिनुपर्ने

shram mantralaya

काठमाडौं, २३ माघ । नेपालमा हुने कुनै पनि खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य इजाजत लिनुपर्ने उल्लेख छ । श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम, ठेगाना तथा प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।

श्रम इजाजत नलिई विदेशी क्रिकेट खेलाडीलाई सहभागी गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो । सरकारले श्रम स्वीकृतिमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अर्को हप्ता धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पर्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);