शहीदहरुले देखाएको मार्ग अनुसार सबै अघि बढ्नु: मेयर शाक्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

शहीदहरुले देखाएको मार्ग अनुसार सबै अघि बढ्नु: मेयर शाक्य

bidhya sundar shakya

काठमाडौं, १३ माघ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले देशका लागि शहीदहरुले देखाएको बाटो अनसुार अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

आईतबार सहिद सप्ताहको अवसरमा सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नु भएको काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा उनले सहिदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमत अनुसार अघि बढाउन जनताआफै अग्रसर हुने बेला आएको उल्लेख गरे । मेयर शाक्यले सहिदहरुले देखाएको बाटौबाटै अघि बढने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचनमा जित्नेलाई शासन गर्न दिए मात्रै सहिदहरुले देखाएको बाटोबाट मुलुकलाई अघि बढाउन सकिने उल्लेख गरे ।

वि. सं. १९९७ साल माघ १३ गते, जहाँनीया राणा शाशनले काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर माथेमालाई मृत्युदण्ड दिएको थियो । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु, पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);