काठमाडौं, १ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा मंगलबार काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा योगाभ्यासको आवश्यक्ता र औचित्यको बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए । उनले योगले शारिरीक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि स्पष्ट पार े।
शारिरीक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको छ । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको छ ।