ए डिभिजन लिग : पुलिसद्वारा थ्रिस्टार ३-१ गोलअन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

ए डिभिजन लिग : पुलिसद्वारा थ्रिस्टार ३-१ गोलअन्तरले पराजित

जितसँगै पुलिस लिगको पाँचौ स्थानमा उक्लियो

काठमाडौं, १३ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिसले थ्रीस्टारलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले थ्रीस्टारलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

थ्रीस्टारले लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो । पुलिसको जितमा निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले गोल गरे । यता, थ्रीस्टारका लागि भने मेसौम्बे अबाङ अल्बर्टले गोल गरेका थिए ।

खेलको १२ औं मिनेटमा नै अल्बर्टले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरी दिलाएका थिए । पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

पुलिसका लागि खेलको ४७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५५औं मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसलाई ३–१ गोलको जित दिलाए । जितसँगै पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ । पुलिसको ११ खेलबाट १८ अंक भएको छ । त्यस्तै, पराजित थ्रीस्टारको भने ११ खेलबाट २३ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);