परम्परागत खेती छोडी कृषकहरु नगदेवाली तर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

परम्परागत खेती छोडी कृषकहरु नगदेवाली तर्फ आकर्षित

udaypur krishak

गोपाल पोखरेल
उदयपुर, ८ पुस
। परम्परागत खेतीले परिवार धान्न नसकेपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–८, सिरिसे कोल्बोटका ९९ घर परिवारका किसानहरु व्यवसायीक नगदेवालीतर्फ लागेका छन् । कटारी नगरपालिका र वडा कार्यालयले किसानका लागि तालिम तथा अन्य अनुदानका कार्यक्रम ल्याएपछि सामान्य खेतिपातीबाट गुजारा गरिरहेका किसानहरु नगदेवालीतर्फ आकर्षण भएका हुन् ।

कटारी नगरपालिका र वडा कार्यालयले किसानका लागि तालिम तथा अन्य अनुदानका कार्यक्रम ल्याएपछि सामान्य खेतिपातीबाट गुजारा गरिरहेका किसानहरु नगदेवालीतर्फ आकर्षण भएका छन् । यहाँका ९९ सय घर परिवारले अहिले बिभिन्न जातका तरकारीका साथै बाँस, सुन्तला, बेसार, अदुवा, अम्लिसो, तेजपातजस्ता नगदेवालीको व्यावसायिक खेती शुरु गरेका हुन् ।

परम्परागत खेती प्रणालीबाट जीबिकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अबस्था र बजार मागलाई ध्यान दिँदै उत्पादन शुरु गरिएको किसानहरु बताउँछन् ।

कटारी नगरपालिका वडा नम्बर ८ ले किसानलाई व्यवसायिक नगदेवालीतर्फ आकर्षण गर्न बिभिन्न सीपका साथै अनुदान समेत दिने व्यवस्था गरेको छ । यसरी सीपसँगै अन्य बिभिन्न अनुदान समेत पाउन थालेपछि किसान व्यवसायिक नगदेवाली तर्फ आकर्षित हुँदै गएको वडा अध्यक्ष कमल श्रेष्ठले बताए ।

पछिल्लो समयमा उदयपुरमा कृषि पेशा गर्नेको संख्या बर्षेनी करिव दुई प्रतिशतका दरले घटिरहेको छ । त्यसमा पनि व्यवसायिक कृषिभन्दा निर्वाहमुखी कृषि गर्नेको संख्या अधिक छ ।

२०६८ को कृषि जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ मध्ये कृषि पेशा अगाल्नेको संख्या ५४ हजार ९ सय १९ रहेको छ । यसमध्ये परिवारको मुली नै मुख्य कृषक भएको संख्या ५३ हजार १ सय १ रहेको छ भने मुख्य कृषक महिला भएको संख्या ८ हजार १ सय ९८ छ ।

यस्तो अबस्थामा कृषि क्रान्तिमार्फत मुलुकको कायापलट गर्ने सरकारको नीति अनुसार कृषकहरुलाई व्यावसायिक खेतीमा आकर्षित गर्नु दायित्व सम्झेर हावापानी र माटो सुहाउँदो व्यवसायिक नगदेवाली शूरु गर्ने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको कटारी नगरपालिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);