काठमाडौं, ३ पुस । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गएका छन् ।
सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै सभामुख महराले विपद् विस्थापनमा परेका नागरिकलाई संकटको सामना गर्न सक्ने गरी सशक्तिकरण अभियान संचालन गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।
सभामुख महराले नेपाल भूकम्प लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक भित्र पर्ने भन्दै त्यसबाट बच्ने उपायबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिकाएको पाठबाट सिकेर नेपालले विपत्तिका बेला अपनाउन पर्ने सावधानीसम्बन्धि ठोस नीति तय गर्न आवश्यक रहेको औल्याएका छन् ।