काठमाडौं, २९ मंसिर । भारतको कर्नाटक राज्यस्थित एक मन्दिरको प्रसाद खाने।क्रममा ११ जनाको मृत्यु भएको छ ।
चामराजनगर जिल्लाको सुलावाडी गाउँस्थित किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने क्रममा अन्य ७० जना बिरामी भएका छन् ।उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रसादका रुपमा बाँडिएको भात र गोलभेंडा खानेहरु बिरामी परेका हुन् । प्रसाद खाए लगत्तै उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखिएको थियो ।