देश र जनताको समृद्धि नै सरकारको मुख्य लक्ष्य : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

देश र जनताको समृद्धि नै सरकारको मुख्य लक्ष्य : प्रम ओली

kp oli pm

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको समृद्धि नै सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सरकारले राष्ट्रिय एकतामा जोड दिएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय योजना आयोग अन्तरगतको दीगो विकास लक्ष्य केन्द्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रणाली भित्र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुकको विकास र समृद्धिको यात्रालाई अघि बढाउने काममा केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक सम्बन्धलाई विश्वासको आधारमा लाभयुक्त बनाउन चाहेको स्पष्ट पारे । उनले मुलुकको समृद्धिका लागि बाह्य लगानी भित्र्याउन सरकारले स्पष्ट नीति लिएको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई सम्वद्र्धन गर्न सामाजिक न्यायसहितको मूल्य मान्यतालाई लागू गर्नु परेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);