जोर बिजोर प्रणालीको अवज्ञा गर्न ट्वीटर मार्फत गगन थापाकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

जोर बिजोर प्रणालीको अवज्ञा गर्न ट्वीटर मार्फत गगन थापाकाे आह्वान

gagan thapa

काठमाडाैं, १३ मंसिर । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा बिहीबारबाट सवारी साधनमा लागु भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न ट्वीटर मार्फत सर्बसाधारणलाई आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा युथ कांग्रेस नेपाल नामक एक संस्थाले पोष्ट गरेको विज्ञप्ति रि-ट्वीट गर्दै सांसद थापाले धर्मान्तरणको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भन्दै सरकारको गलत कामको अवज्ञा गर्न आह्वान गरेका छन् । सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं उनले ट्वीटर मार्फत भनेका छन् । गगन थापाको ट्वीट जस्ताको तस्तै :

 

यसैगरी शुक्रबार देखि काठमाडौँमा हुन लागेको एशिया प्यासेफिक समिटको बिरोधमा प्रदर्शन भएको छ । काठमाडौँको माइतीघरमा भेला भएका स्वतन्त्र युवाहरुको एक समुहले एशिया प्यासेफिक समिटको बिरोध गरेका हुन् ।

युवाहरुले विश्व भरि धर्म परिवर्तन गराउने संस्थाको रुपमा बदनाम भएको गैर सरकारी संस्थाको कार्यक्रमलाई सहयोग गरेको भन्दै सरकारको कामको बिरोध पनि गरे । माइतीघरको प्रदर्शनमा युवाहरुले सवारी संचालनमा जोर बिजोर प्रणाली लागु गरेर जनतालाई दुख दिएको भन्दै नाराबाजी गरेका छन् । माइतीघरको प्रदर्शनमा उत्रेका केहि प्रदर्शनकारिलाई प्रहरीले पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);