नारायणहिटी दरबारका थप कोठा सर्वसाधारणका लागि खुल्ला | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नारायणहिटी दरबारका थप कोठा सर्वसाधारणका लागि खुल्ला

narayanhiti darbar

काठमाडौं, ८ मंसिर । नारायणहिटी दरबार सङ्ग्रहालयका विभिन्न दश कक्ष सर्वसाधरणले अवलोकन गर्न सक्ने भएका छन् । तात्कालिन राजपरिवारले विभिन्न प्रयोजनका लागि उपयोग गर्ने गरेका दश कक्षहरुलाई शुक्रबार देखि सर्वसाधरणले पनि अवलोकन गर्न पाउने गरि खुल्ला गरिएको हो ।

यो संगै संग्राहलयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन , कपिलवस्तु र अंगरक्षकहरुको कार्यकक्ष सर्वसधारणले पनि अवलोकन गर्न पाएका छन् ।

शृंङगार कक्षको रुपमा राखिएको सिन्धुली बैठकमा तात्कालिन राजनीले पोशाक पहिरिने, श्रृंगार गर्ने तथा दिउँसोको खानापछि आराम गर्ने कक्षको रुपमा प्रयोग हुने गर्दथ्यो ।

त्यसैगरी गणेश हिमाल कार्यकक्ष भनिएको इलाम बैठकमा तात्कालिन राजाले हप्ताको एक दिन बिहीबार प्रधानमन्त्रीसंग छलफल गर्ने तथा अन्य विशिष्ट व्यक्तिसंगको छलफलका लागि प्रयोग गर्दथे ।

झापा बैठक प्रतिक्षालयको रुपमा प्रयोग गरिन्थ्यो । दर्शन वा भेटका लागि आउने पाहुनाहरुलाई सो कक्षमा राख्ने गरिन्थ्यो ।

त्यसैगरी जनै पुर्णिमाका दिन तत्कालिन राजपरिवारका सदस्यहरुले राजपुरोहितबाट रक्षा बन्धन गर्ने, जनै फेर्ने जस्ता धार्मिक कार्य र रात्रिभोज वा दिवा भोजका समयमा शाकाहारी खाने र राख्नका लागि सुनसरी बैठक कक्ष प्रयोग गरिन्थ्यो।

सप्तरी बैठक कक्ष पूर्व मुमा बडामहारानी तथा तात्कालिन युवराजको जन्मोत्न्सवको अवसरमा आउने पाहुनाको लागि भोजन गर्ने कक्षको रुपमा प्रयोग गरिन्थ्यो । सिराहा बैठक कक्ष विशेष भोजको समया खान पछि र खाना अघि बसेर छलफल गर्ने कक्षको रुपमा तथा पर्सा, चितवन र कपिलवस्तु पाहुना कक्षको रुपमा प्रयोगमा ल्याउने गरिन्थ्यो ।

अंगरक्षकहरुको कार्यकक्षमा तात्कालिन राजाको सुरक्षामा खटिएका अंगरक्षकहरु बस्ने गर्दथे । यी कक्षहरु अहिले सम्म सर्वसाधरणका लागि खुल्ला गरिएको थिएन । संङ्ग्राहलयमा ५२ वटा बैठक कक्ष रहेका छन् । यसैबीच केही समय अघि तात्कालिन राजाले पहिरिने श्रीपेच सर्वसाधरणको अवलोकनका लागि सार्वजनिक गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);