नेकपालाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

नेकपालाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना

rambaran-yadav

काठमाडौं, ८ मंसिर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले विद्रोही नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराईबीचको एकतालाई बलियो बनाउन कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘विपीको विद्रोह’ नाममा पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले विपीले देखाएको मेलमिलापको बाटोबाट अघि बढ्नुको साटो राजनीतिक दलहरु पदीय भागबण्डामा मात्रै केन्द्रित भएको उनको गुनासो छ ।

नेपालका हरेक ब्यबस्था परिर्वतनमा हडबडमा निर्णय लिंदा उपलब्धी संस्थागत हुन नसकेको उनको भनाइ छ । संविधान निर्माणको अन्तिम समयमा हडबड गर्दा सबै समेटिन नसकेको उनले बताए ।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवलसरकारले असन्तुष्ट पक्षलाई समेट्न नसक्दा बिद्रोहको स्वर बढ्दै गएको भन्दै रोष ब्यक्त गरे । पूर्व राष्ट्रपति यादवले सबैले मिलेर मुलुकमा शान्ति स्थापना गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए । उनले राज्यका संवैधानिक निकायमा पदीय बाँडफाँड भईरहेको भन्दै आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);