सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

rajapa

तेजना पण्डित
काठमाडौं, २ मंसिर
। संविधान संशोधन गर्ने संझौता सहित नेपाल कम्युुनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले समर्थन फिर्ता लिने भएको छ । संबिधानको बिभिन्न बुदामा असहमती जनाएको राजपाले संबिधान संसोधन प्रक्रिया अघि नबढेपछी सरकारलाइ दिएको समर्थन फिर्ता लिइ सडक संघर्षमा जाने तयारी थालेको छ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपालले दशैं अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर छठ सम्म संबिधान संसोधनको प्रक्रिया अगाढी नबढाए सरकारलाइ दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । छठ सकिएको हप्ता दिन हुन लागिसक्यो तर अहिलेसम्म पनि सरकारले संबिधान संसोधनको कुनै प्रक्रिया अघि नबढाएपछि राजपा नेपाल यतिवेला सरकारलाइ दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेको छ ।

सरकारलाइ पटक पटक संविधान संशोधनको बारेमा ध्यानार्कषण गराउदा पनि सरकारले संविधान संशोधनतर्फ कुनै वास्ता नगरेको राजपाको आरोप छ । तर अब भने सरकारलाई लामो समय कुरेर नबस्ने बरु केहि दिनमा समर्थन फिर्ता लिएर सडक संघर्षमा जाने तयारीमा राजपा नेपाल पुगेको छ ।

प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभा २ जना सांसद रहेको राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि संघिय सरकारलाइ अंक गणितको आधारमा खास फरक भने पर्ने छैन । तर राजनीतिक बिश्लेषक बिजयकान्त कर्णका अनुसार राजपा नेपालले समर्थन फिर्ता लिदा यसले सरकारको साख भने गिराउनेछ ।

राष्ट्रिय जनता पार्टीले २०७२ सालमा जारी भएको संविधानका विभिन्न वुदामा असहमति राखेको छ । उसले मुलत नागरीकता, भाषा, निर्वाचन क्षेत्र तय गर्दा जनसंख्याको आधारमा तय गर्नुपर्ने तथा प्रदेशको सिमांकन हेरफेरमा थप लचकता अपनाउनु पर्ने कुरालाइ उसले मुल मुद्धाको रुपमा उठाइरहेको छ । यी बुदा सरकारले संविधान संशोधन गरेर राजपाको चाहना अनुसार थप गर्नुपर्ने उनीहरुको माग छ तर अहिले संसदको बजेट अधिवेशन सकिएको अनि हिउदे अधिवेशन सुरु नभएको अवस्थामा संविधान संशोधनको गुञ्जायश भने देखिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);