पूर्व राजा ज्ञानेन्द्र शाह र काँग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

पूर्व राजा ज्ञानेन्द्र शाह र काँग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता

काठमाडौं, २८ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । बुधवार पूर्वराजा ज्ञानेन्द्र र प्रकाशमान सिंह दुबै एकै ठाउँको निम्ता मान्न जाँदा विना योजना भेटवार्ता भएको हो । पूर्व क्रिकेट प्रशिक्षक जयकुमार शाहका छोरा अमर शाहले आफ्ना छोराको पास्नीको निम्तामा डाकेकोमा दुबै एकसाथ पुगेका कारण भेटवार्ता भएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह निम्ता मानेर फर्कनै लाग्दा कांग्रेस नेता सिंह पनि पुगेपछि छोटो भेटवार्ता भएको हो । पूर्वराजासँगको भेटपछि सिंहले स्वास्थ्य अवस्थाबारे सोधेर वार्ता आरम्भ भएको थियो ।

पूर्वराजाले सिंहलाई हाँस्दै म फिट छुँ भन्ने जवाफ फर्काएपछि मोवाइलमै फोटो खिच्ने हरुको भिड लागेको थियो । सिंहले विना योजना भएको भेटबाट आफू खुशी भएको भन्दै आफन्तसँग अनुभव साटेका थिए । शाह र सिंहबीचको भेटको फोटो सार्वजनिक भएपछि सामाजिक संजालमा बहस सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);