काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकासका लागि सरकारले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डमा स्नान गरेर बुधबार काठमाडौं फर्किने क्रममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले देशको युवा शक्ति ठूलो मात्रामा विदेश पलायन भईरहेको भन्दै उत्पादनमुखि क्षेत्रमा लगानी गर्ने वातावरण सरकाले ल्याउन खोजेपनि अवरोध भईरहेको बताए ।
त्यसैगरी, कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले संघीयतालाई कार्यान्वयन गर्ने विकास समृद्घि पूर्वाधार तथा ऐनको आवश्यक भएको बताए ।
गत सोमवार अध्यक्ष प्रचण्ड सहित उनकी धर्मपत्नी सीता र छोरी गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उहाँकी धर्मपत्नी नैनकलासहित आफन्तहरु म्याग्दीको तातोपानी कुण्डमा पुगेका थिए ।
पार्टीका कार्यकर्तासंग भेटघाट गरी टोली बुधवार काठमाडौं आएको छ । भ्रमण व्यक्तिगत भनिएपनि गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्थापना भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गरेका थिए ।