अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छठ पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छठ पर्व मनाइँदै

काठमाडौं, २७ कात्तिक । तराई मधेसबासीको बडो श्रद्धा, भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व मंगलवार अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ्य दिएर धुमधामका साथ मनाइएको छ । चार दिनसम्म मनाईने छठ पर्व भोली बुधवार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिए पश्चात सम्पन्न हुनेछ ।

छठ पर्वको पहिलो दिन आइतवार नुहाई–धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन सोमवार रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ्य दिईएको छ ।

बुधवार भने बिहान उदाउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुने छ । सत्य र अहिंसा प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको चाड छठ सबै जातजाती, भाषा भाषीले साझा रुपमा मनाउने गर्दछन्।

सूर्य उपहासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठपर्व सुख, शान्ति, समृद्धि, पुत्र प्राप्ती तथा मनोकामना पूर्तीका लागि गर्ने गरिएको धार्मिक विश्वास छ ।

छठपर्व बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको रातोपुल, बकुलिया, केराढोका, बजनी, सिमरा, पथलैया, सदरमुकाम कलैया स्थित रामजानकी मन्दिर, सिद्धेश्वर मन्दिर, साथै बेलहियाँ, निजगढ, पर्साको बिरगंज स्थित घरियर्वा पोखरी, केहुमियाको तिलावे नदी, पोखरी लगायत, मकवानपुर, सर्लाही, जनकपुर लगायतको विभिन्न जिल्लाहरुमा भक्तजनले छठ पर्व धुमधामका साथ मनाईरहेका छन् ।

त्यस्तै, जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुमा समेत दर्शानार्थीहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वको धार्मिक महत्वका विषयमा संस्कृतिविद् यस्तो बताउँछन् ।

त्यस्तै अस्ताउँदो सूर्यलाई अर्घ्य दिन सिरहाको सदरमुकामको दुर्गा पोखरी, ऐतिहासिक सलहेश पोखरी, पंचमुखी हनुमानजी, गोरियारी पोखरी, कमला नदी, बलान, गागन, घुमी, मैनावत्ती, जीवा, वतहा लगायतका नदिमा समेत दशनार्थिहरुको बाक्लो भिड लागेको थियो ।

यस पर्वमा विशेष रुपमा चामलको पिठोले बनाईएको भुस्वा (लडडु), गहुँको पिठोले बनाईएको ठकुवा प्रसादको रुपमा चढाउने गरिन्छ । अर्घ्र्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।

छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा समेत मानिन्छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरीमा छठको पूजा गरेकी छन् । काठमाडौं कमलपोखरीमा बनाइएको घाटमा पुगि राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ्य जल चढाएर पूजा अर्चना गरेकी छन् । राष्ट्रपतिले पूजा गरे सँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);