गणेशमान सिंहको १०४ औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गणेशमान सिंहको १०४ औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइयो

तेजना पण्डित
काठमाडौं, २४ कात्तिक । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सर्वाेच्च कमाण्डर एवं लौह पुरुष गणेशमान सिंहको १०४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाईएको छ । त्यागका प्रतिमुर्ति सर्वमान्य नेता गणेशमान सिंहको जन्म जयन्ती मनाइरहँदा नेपाली कांग्रेसका नेता तथा कार्यक्रर्ताहरुले उनको त्याग र निरन्तरताबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि राणा शासन विरुद्धको आन्दोलन, २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुुनावमा स्वर्गीय गणेशमान सिंहको योगदान स्मरणीय देखिन्छ ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको राजनीतिक ‘कुु’ को विरुद्धमा पनि सिंह जीवनभर लडिरहे । सबै राजनीतिक सुुख दुुखमा बिपी र गणेशमान सधैसँगै थिए । यातना सहित पटक पटका निर्वासन र जेलजिवन बिताएका गणेशमानले नेपाली जनतालाइ सार्वभौम बनाउन सधै निरन्तर लागि रहे ।

बिपरीत धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई एक साथ उभ्याउन उनले खेलेको भूमिकाले २०४६ सालमा भएको आन्दोलन सफल भयो र देशमा प्रजातन्त्र आयो । त्यसकै जगमा अहिले मुलुकमा गणतन्त्र आएको छ । विक्रम सम्बत् १९७२ कार्तिक २४ गते काठमाडौंको खानदानी परिवारमा जन्मेर पनी नागरीकलाई स्वतन्त्रत बनाउन सिंहले बिभिन्न कष्ट र दुुख भोग्न पछि परेनन् । स्वर्गीय गणशेमानलाई उनका अनुआयीहरुले मानवताको भावना उच्चता भएको व्यक्तिको रुपमा सम्झने गर्छन ।

गणेशमान सिंहलाई नेपाली कांग्रेस समर्थक बाहेकका नेता कार्यकर्ताले पनि सच्चा लोकतन्त्रवादी र त्यागी नेताको रुपमा सम्झने गर्छन । नेपाली काँग्रेसका नेता गगन थापा गणेशमान सिंहलाई संझदा प्रजातान्त्रीक आन्दोलनका अथक योद्धा र अतुुलनिय व्यक्तिको रुपमा मात्र सम्झेर नपुुग्ने बताउँछन् ।

नेपालको राजनीतिमा बिरलै पाउने नेता हुुन् स्वर्गीय गणेशमान सिंह । सधै सत्य र निष्ठाको बाटोमा हिंडिरहने व्यक्ति थिए उनी । २०४६ सालको आन्दोलनको सफलतापछि तत्कालिन राजाले प्रधानमन्त्री पद दिंदा पदको लोभ नगरेका कारण उनलाई सबैले त्यागी नेताको रुपमा स्मरण गर्ने गर्छन । तर त्यागका प्रतिमुर्तिका नेता गणेशमान सिंहवाट वर्तमान नेताहरुले प्रेरणा लिन नसकेको काँग्रेसका नेता तथा कार्यकर्ताको गुुनासो छ ।

नेपाली राजनीतिका सर्वमान्य नेता एवं लौहपुरुष गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते काठमाडौंमा भएको थियो । नेपाली राजनीतिमा उनले गरेको योगदानलाई स्मरण गर्दै नेपाली काँग्रेसले हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);