तिहारका लागि २० अर्बको फलफूल आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

तिहारका लागि २० अर्बको फलफूल आयात

FRUITS

फूलमाया आले, काठमाडौं, १८ कात्तिक । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघले जानकारी दिएको छ । त्यस्तै तिहारमा काठमाडौमा अन्य समयको तुलनामा ४ सय गुणा बढी खपत हुने गरेको संघले जनाएको छ ।

नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएको छ । नेपाल फलफूल थोक व्यवसायी संघका अनुसार नेपालमा वार्षिक २० अर्ब रुपैया बराबरको फलफूल आयात हुने गरेको जानकारी दिएको छ । विशेष गरी नेपाली बजारमा चीन र भारतबाट फलफूल आयात हुने गरेको छ ।

नेपालमा स्याउ मात्र वार्षिक ७ अर्बको आयात हुने गरेको संघले जनाएको छ । संघका अनुसार समग्र नेपाली बजारको माग अनुसार नेपालको उत्पादनले १० प्रतिशत पनि पुर्ति गर्न नसक्ने ब्यबसायीहरु बताउछन् ।

यस्तै नेपालीहरुको दोस्रो ठुलो महान चाड तिहारमा सबै भन्दा बढी स्याउ र केरा लगायतका फलफूल खपत हुने गरेको संघले जनाएको छ । काठमाडौमा अन्य समयमा दैनिक ५ गाडी स्याउ खपत हुन्छ भने तिहारमा दैनिक १ सय गाडी अर्थात तिहारमा ४ सय गुणा भन्दा बढी खपत हुने गरेको संघले जानकारी दिएको छ ।

त्यस्तै, तिहारलाई लक्षित गरी नेपाली बजारमा ७० प्रतिशत केरा भारतबाट आयात गरिएको र बाँकी ३० प्रतिशत नेपालको उत्पादन रहेको संघले जानकारी दिएको छ । तिहारमा स्याउसँगै केराको माग पनि बढिनै छ । त्यसैले अहिले सुन्तला, मौसम र मुख्यतया स्याउको व्यापार हवात्तै बढेको संघले जनाएको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बनाउने भाषण गरिरहेपनि नेपाली फलफूलको गुणस्तर विगत वर्षमा भन्दा खस्कदो अवस्थामा रहेको व्यवसायीको भनाई रहेको छ । नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा स्याउ उत्पादन भए पनि माग पुरा गर्न चीन र भारतकै भर पर्नुपर्छ अवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);