डिएनए परीक्षणका लागि भन्दै रगत संकलन | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

डिएनए परीक्षणका लागि भन्दै रगत संकलन

काठमाडौं, १७ कात्तिक । निर्मलाका लागि न्याय अभियानले नयाँबानेश्वरमा युवाहरुको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ ।

पन्तको हत्यामा संलग्न दोषिलाई कारवाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भईरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरु डिएनए परीक्षण कार्यक्रममा सहभागी भएका हुन् ।

हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामुहिक डिएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरुले सरकारलाई दबाब दिन यस्तो कार्यक्रम गरेका हुन् ।

स्वतन्त्र रुपमा न्यायको पक्षमा उभिएका सर्वसाधरणले शनिबार दिउँसो नयाँ बानेश्वरमा डिएनए परीक्षणका लागि भन्दै रगत दिएका थिए । निर्मलाका लागि न्याय अभियानले नयाँ बानेश्वरमा शनिवार संकलित तीन दर्जन बढी रगत नमुनालाई गृहमन्त्रीलाई बुझाउने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);