काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले संरक्षण दिएको आरोप लगाएका छन् । शनिबार नेपाली काँग्रेसको भातृ संगठन तरुणदलको ६५ औँ स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा सभापति देउवाले सरकारले निर्मला पन्तको हत्यारालाई उन्मुक्ती दिएको बताएका हुन् ।
सभापति देउवाले बामगठबन्धनको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको गलत कदम बिरुद्ध नेपाली काँग्रेस डटेर प्रतिकार गर्ने बताएका छन् ।