काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी अहिले चर्चाको शिखरमा रहेको छ । चर्चाबाट बिस्तारै विवादमा पनि सामेल भएको छ । नेपाल कम्युनिष्ट पार्टी भन्दा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी मिलेर बनेको नेकपा भनेर बुझिन्छ । तर, निर्वाचन आयोगमा अर्को पनि एउटा नेपाल कम्युनिष्ट पार्टी नाम दर्ता छ र त्यसको अध्यक्ष ऋषि कट्टेल रहेका छन् । यी दुई राजनीतिक दलमा को अधिकारिक र कुन दलले यो नामको वैधानिकता पाउने विषयमा अहिले बहस चलिरहेको छ । नामको विवाद रहिरहँदा यसको निरुपण कसरी हुने भन्ने कुरा चर्चाको शिखरमा रहेको छ । पार्टीको नाममाथि यति धेरै विवाद र बबाल किन भईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलसँग गरेको कुराकानी हेर्नुहोस् :