स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गराउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गराउन निर्देशन

काठमाडौं, १८ असोज । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका पदहरुका उपनिर्वाचन गराउन आवश्यक कानुनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रदेश तथा स्थानीय तहमा रिक्त रहेको २५ वटा विभिन्न पदहरुमा उपनिर्वाचनका लागि आवश्यक कानुनको तत्काल व्यवस्था गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको यस अघि बसेको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरुले प्रदेश र स्थानीय तहमा २५ वटा विभिन्न पदमा रिक्त रहेपनि उपनिर्वाचन गराउन कानुनको अभाव रहेको जानकारी गराएका थिए ।

सोही सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै समितिकी सभापति शशी श्रेष्ठले सो पदहरु पूर्तिका लागि उपनिर्वाचन गराउन आवश्यक कानुनको व्यवस्था गर्न सरकारलाई सचेत गराउनु परेको बताइन् ।

समितिले स्थानीय र प्रदेशमा आवश्यक कर्मचारीको उचित व्यवस्था गर्न ढिलाई नगर्न पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);