नवलपरासीका सुस्तावासी न्याय खोज्दै काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

नवलपरासीका सुस्तावासी न्याय खोज्दै काठमाडौंमा

सीता शर्मा
काठमाडौं, १५ असोज । देशमा राज्य व्यवस्था फेरियो तर सिमानाको जंगे पिलर भएर नेपालको रक्षा गरेर बसेका नवलपरासीका सुस्ताबासीहरुको जीवन कहिल्यै फेरिएन । नेपाली नै भएर पनि नेपालको नागरिकका रुपमा परिचित हुन पाएका छैनन् सुस्ताबासी । राज्यको सुविधाबाट बन्चित सुस्तावासीले आफुहरुको पहिचानको माग गरिहेका छन् ।

आफुहरुले भोगेका अनेकौ समस्याको समाधान खोज्दै काठमाडाैं आएका सुस्ताबासीहरुले यहि असोज ९ गतेबाट काठमाडाैँको थापाथली स्थित गौशालामा धर्ना सुरु गरेका हुन् । सुस्ता बचाउ अभियान नवलपरासीको नेतृत्वमा धर्ना सुरु गरिएको हो ।

सरकारले पटक पटक समस्या समाधान हुने आश्वासन दिएपनि आफुहरुको समस्या जस्ताको तेस्तै रहेको उनीहरुको गुनासो रहेको छ । नागरिकता, शिक्षा, स्वास्थ तथा यातायात सुविधाबाट बन्चित सुस्ताबासीहरु राज्यविहीन जस्तो भएका छन् ।

४० हजार हेक्टर क्षेत्रफल रहेको साविक सुस्ता गाउँ विकास समिति २०६० देखि भारतीयको अतिक्रमणबाट ७ हेक्टर क्षेत्रफलमा सिमित भएको छ । अहिले सुस्ता गाउँपालिकाको वडा न ५ मा पर्ने सुस्तामा करिब ३०० घरधुरी रहेको छ ।

तीन हजार एकसय ३३ जनसंख्या रहेको सुस्तामा २९५ जनाको मात्र नागरीकता बनेको छ भने नागरीकता बनाउन उमेर पुगेका एकहजार ८०० जना नागरिकताबाट बन्चित छन् ।

विपन्न वर्गका समुदायको बसोबास रहेको सुस्ताबासीहरुको आम्दानीको स्रोत नै कृषि हो तर उनीहरुले उत्पादन गरेको सामाग्री बिक्रीका लागि नेपाल ल्याउन पनि भारतीय बाटो प्रयोग गर्नुपर्दा उनीहरुलाई विभिन्न किसिमका शारीरिक र मानसिक समस्या पाउने गरेका छन् । देशको भुमिलाई भारतीयले अतिक्रमण गर्दा पनि सरकारको मौनताप्रति स्थानीहरु आक्रोशित छन् ।

सुस्ताबासीहरुले नेपाली भुमि जोगाउन २०६० सालदेखि सुस्ता बचाउ अभियान मार्फत सरकारलाई विभिन्न दबाबमुलक कार्यक्रमहरु गर्दै आएपनि सरकारले यसको कुनै सम्बोधन गरेको छैन । तर यस पटक भने आफुहरुको माग पुरा नगरिएसम्म धर्नालाई जारी राख्ने उनीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);