काठमाडौं, ४ भदौ । संविधान जारी भएको तीन वर्ष पुरा भएको अवसरमा काठमाडाैंमा आज देखि लोकतन्त्र मेला शुरु भएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितीको आयोजनामा मेला सुरु भएको हो ।
मेला विश्व सम्पदा सुचिको ऐतिहासिक हनुमानढोका दरबारको नासल चोकमा तीन दिन सम्म चल्ने छ । मेलामा राजनीतिक दलका स्टलहरु, नेपालमा लोकतान्त्रिक अभ्यास लगायत स्थानीय चित्रकला तथा हस्तकला प्रदर्शनीका मुख्य आकर्षक रहेका छन् ।
नेपालमा पहिलो पटक आयोजना गरिएको यस मेलाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनका लागि सहयोग पुग्ने विधायन व्यवस्थापन समितीका अध्यक्ष मेघी गुरुङले बताए ।
बेलायत, डेनमार्क, भारत, पाकिस्तान लगायतका देशका सांसदहरुको पनि मेलामा सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा संघीय संसदका चारै दलका सांसदहरुको सहकार्य रहेको बताइएको छ ।