नेपालगञ्ज स्थित केन्द्रिय कारागारमा क्षमता भन्दा बढी कैदी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

नेपालगञ्ज स्थित केन्द्रिय कारागारमा क्षमता भन्दा बढी कैदी

३ सय जना बन्दी कैदीहरुको लागि निर्माण गरिएको बन्दी गृहमा ६ सयभन्दा वढी :

नेपालगञ्ज, १ असोज । नेपालगञ्ज स्थित केन्द्रिय बन्दी गृहमा क्षमता भन्दा बढी कैदीहरु राख्दा उनीहरु कष्टकर जीवन बिताउन ध्य भएका छन् । ३ सय जना कैदी बन्दीहरुको लागि निर्माण गरिएको कारागारमा ६ सयभन्दा बढी राख्दा उनीहरु कष्टकरण जीवन बिताउन बाध्य भएका हुन् ।

यस कारागारमा मध्यपश्चिमका २४ वटै जिल्लाका बन्दीहरुलाई राखिने भएकाले यस्तो समस्या आएको केन्द्रिय कारागार नेपालगञ्जका प्रमुख श्यामलाल लामिछानेले बताउँछन्। उनले बाँकेको नौ बस्तीमा बन्ने क्षेत्रीय कारागार अबको केही वर्षमा तयार भएपछि समस्या समाधान हुने बताए ।

नेपालगंज कारागार १७ कठ्ठा ५ धुर क्षेत्रफलमा रहेको छ । नेपालगञ्जमा गर्मी मौसममा अत्याधिक गर्मि र जाडो मौसममा अति जाडो हुने हुँदा कैदी बन्दीहरु कष्टकर जीवन बिताउन विवश छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);