बाग्लुङको बडिगाड गाउँपालिकामा खानेपानी अभाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

बाग्लुङको बडिगाड गाउँपालिकामा खानेपानी अभाव

lack of water

बाग्लुङ, १ असोज । बाग्लुङको बडिगाड गाउँपालिका –७, भिमगिठेमा खानेपानीको हाहाकर भएको छ ।

शुक्रबार राती बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरेमा गएको पहिरोले खानेपानीको पाइप बगाईदिएपछि २ सय घरपरिवारलाई खानीपानीको समस्या भएको हो । स्थानीय संगै विद्यालय, प्रहरी चौकी, स्वास्थ्य सस्था लगायतका कार्यालयमा समेत पानीको समस्या परेको छ । तलको बस्तिमा नजिकैको भिमगिठे बजारबाट पानी बोकेर गुजारा चलाउन सकिने अवस्था भएपनि माथिको बस्तिमा कठिन भएको स्थानीयले गुनासो गरेका छन् ।

पहाडै खसेको कारण पानीको पाइप तत्काल मर्मत गर्न नसकिने वडा अध्यक्ष कृष्ण गुरुङले बताए । गाउँ नजिकै बैकल्पिक श्रोत नभएका कारण व्यवस्था गरिदिन स्थानियले सरकारले आग्रह गरेका छन् । पहिरोको कारण अवरुद लोकमार्ग संचालन गर्न २ हस्ता भन्दा वढी लाग्ने बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);