गाली गरेको निहुँमा ढुंगाले हानेर बालकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाली गरेको निहुँमा ढुंगाले हानेर बालकको हत्या

death

बझाङ, ३१ भदौ । छबिस पाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।

गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् । तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँ, तिलकले भने, त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ । तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् । आजको कान्तिपुरको पृष्ठ १३ मा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);