किन रोकिए रक्सौलमा पाँच दिनदेखि नेपाली ग्याँस बुलेट ? | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

किन रोकिए रक्सौलमा पाँच दिनदेखि नेपाली ग्याँस बुलेट ?

gasbullet

विरगंज, २२ भदौ । विरगंजको रक्सौल नाकामा ५ दिनदेखि १ सय ७५ वटा ग्याँस बुलेटहरु रोकिएका छन् । भारतीय प्रहरीले कागजात नियन्त्रण लिदै ग्याँस बुलेटलाई नेपाली छिर्न रोक लगाएपछि ती वुलेटहरु नाकामा रोकिएका हुन् ।

रक्सौल प्रहरीले आफुहरुसंग प्रत्येक बुलेट १ हजारका दरले २१ गते जरिवाना लिएपनि कागज पत्र नदिएको चालकहरुले गुनासो छ । बिरगंज नाकाबाट प्रत्येक दिन ३० देखी ३५ वटा ग्याँस बुलेट नेपाल भित्रिने गरेका छन् ।

प्रहरीले विगतमा पनि यसरी दुख दिने गरेको गुनासो चालक पक्षको छ । अहिले रोकिएका ग्याँस बुलेट नेपाल भित्र्याउन भारतीय पक्षसंग सहकार्य भइरहेको बीरगन्ज भंसार कार्यालयले जनाएको छ । नाकामा अझै एक दुई दिन ग्याँस बुलेट रोकिए नेपालमा ग्याँस अभाव हुने समेत व्यवसायीले जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);