भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न सरकारलाई निर्देशन

bikash samiti

काठमाडौं, १९ भदौ । संसदीय समितिले आवास निर्माण एवम् अन्य भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न, गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले आवास निर्माण एवम् अन्य भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न, गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले सहर विकाससम्बन्धि एशीयाली मापदण्ड भित्र नेपालको कुन–कुन सहर पर्ने हो सोको विवरणसहित मन्त्रालयको अल्पकालीन र दिर्घकालीन विस्तृत कार्यक्रमसम्बन्धि विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि सहरी विकास मन्त्रालयलाई निर्देश गरेको छ ।

त्यसैगरी समितिले काठमाडौं उपत्यकाको आसपासमा विकास गर्ने भनिएको स्याटलाईट सिटीहरुको निर्माणले गति लिन नसक्नुको कारणबारे समितिलाई जानकारी गराउन पनि सहरी विकास मन्त्रालयलाई सचेत गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);