काठमाडौँ, ७ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांश पदाधिकारीले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने औपचारिक र प्रस्ट निर्णय गर्न अध्यक्षमण्डललाई दबाब दिएका छन्।
राजपाको मंगलबारबाट सुरु पदाधिकारी बैठकमा पदाधिकारीमध्ये धेरैजसोले संविधान संशोधन विधेयक विफल भए पनि त्यसलाई स्वीकार गरेर चुनावमा जानुपर्ने सुझाएका छन्।
केही नेताले राजपाबाट प्रतिनिधित्व गरेका सांसदहरुले संसद् सदस्यबाट राजीनामा गरेर पार्टी चुनावमा जानुपर्ने सुझाव दिए। संविधान संशोधन विधेयर पारित गराउन वर्तमान सरकार इमान्दार नदेखिएकाले पार्टीले सरकारलाई समर्थन गरिरहनुपर्ने आवश्यकता नभएको उनीहरुको धारणा छ। आजको नागरिकमा खबर छ।