स्थानीय तहका जनप्रतिनीधीले किन प्रभाबकारी काम गर्न सकेनन् ? | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

स्थानीय तहका जनप्रतिनीधीले किन प्रभाबकारी काम गर्न सकेनन् ?

Sthaniye taha

काठमाडौं, ११ भदौ । स्थानीय तहको निर्बाचन भएको लामो समय बितिसक्दा समेत जनप्रतिनीधीहरुले प्रभाबकारी काम गर्न सकिरहेका छैनन् । उनीहरुलाइ आफुहरुले प्रभाबकारी काम गर्नको लागी कर्मचारीको अभाव, भौतीक संरचनाको अभाव तथा स्पष्ट कानुनी अधिकार नहुँदा काम गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

देश संघिय संरचनामा गइसकेको छ । केन्द्रिकृत रुपमा सरकारी संरचनावाट विकास हुन नसकेको गुनासो गरीरहेका स्थानियले आफुले जिताएर पठाएका जनप्रतिनीधी मार्फत बिकास हुने अपेक्षा गरेका थिए । तर स्थानीए तहको निर्वाचन भएको बर्षदिन वितिसक्दा समेत स्थानीय तहमा विकास निर्माणका कामहरु प्रभावकारी रुपमा हुन सकेका छैनन ।

अपेक्षा अनुसार विकास निर्माणका कामहरु हुन नसक्नुमा कर्मचारीको अभाब, स्पष्ट कानुनि अधिकार तथा स्थानको अभाब हुनु मुख्य समस्या भएको जनप्रतिनिधिहरुको धारणा रहेको छ ।

उपमेयर,वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समितीरहेपनी आफुहरुलाइ न्याय कानुन संबन्धी खासै जानकारी नहुँदा प्रभाबकारी काम गर्न नसकिएको उनीहरुले बताएका छन् । उनीहरुले न्यायीक समितीलाइ प्रभावकारी बनाउनको लागी एकजना कानुनि सल्हाकार आवस्यक रहेको धारणा राखेका छन । कतिपय स्थानीय तहमा प्रमुख र उपप्रमुख बिच समन्वय हुन नसक्दा कार्य सम्पादनमा समस्या भएको उनिहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);