टमाटर खेतीबाट राम्रो आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टमाटर खेतीबाट राम्रो आम्दानी

पाल्पा, ९ भदौ । पाल्पाका कृषकहरुले व्यवसायिक रुपमा टमाटर खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । पाल्पाको रैनादेवी गाउ‘पालिकाले आर्थिक र प्राविधिक सहयोग गरेपछि स्थानिय यूवाहरुले वार्षिक ५ लाख भन्दा वढी आम्दानी गर्न सफल भएका हुन् ।

पाल्पाको मुझङ गाउ‘पालिकाका युवाहरुले टमाटर खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । परम्परागत खेती भन्दा टमाटर खेतीबाट दोब्वर आम्दानी हुने भएपछि आफुहरु त्यसतर्फ आकर्षित भएको कुषकहरुको भनाई छ ।

रैनादेवी गाउ‘पालिका अहिले १ सय ५० युवाहरुले व्यवसायिक रुपमा टमाटर खेती गरिरहेका छन् । व्यवसायिक टमाटर खेतीबाट राम्रो आम्दानी हुन थालेपछि धेरै युवाहरुले वैदेशिक रोजगारीको विकल्पका रुपमा समेत टमाटर खेतीलाई लिन थालेका छन् ।

विगतमा आफु पनि कृषक भएको र युवालाई कृषिमा आकर्षित गराउने उद्देस्यले व्यवसायिक कृषि कार्यक्रम संचालन गरेको रैनादेवी गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए ।

पछिल्लो समयमा देशमा रोजगारीको अवसर नभएको भन्दै धेरै युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर, मेहनत र परिश्रम गरे स्वदेशमै राम्रो आम्दानी गर्न सफल भईन्छ भन्ने मुझुङका युवाबाट सिक्न सकिने स्थानिय वासिन्दाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);