संविधानविरुद्ध मौसमी कुरा गर्नु असोभनीय : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

संविधानविरुद्ध मौसमी कुरा गर्नु असोभनीय : प्रधानमन्त्री ओली

pm oli

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिवद्धता जनाएकालेनै संविधानविरुद्ध मौसमी कुरा गर्नु असोभनीय भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान जारी गर्दा सहमति जनाएको नेपाली कांग्रेसले अहिले संविधानविरोधी भाषा बोल्न थालेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले संविधानको बर्खिलाप हुने गरी मैसमी कुरा नर्गन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रहसमेत गरे । उनले संविधानमा सहमति जनाईसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारे । अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने उनको भनाइ छ ।

प्रतिपक्ष दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले राज्यका निकायहरुमा राजनीतिक विचारका आधारमा नभई विषय विज्ञताका आधारमा नियुक्ति हुने स्पष्ट पारे ।  उनले राष्ट्रिय आवश्यकता बोधबाट मात्रै संविधान संसोधन हुने स्पष्ट पारे । एक बर्ष अगाडि बनेको कानुन कार्यान्वयनको समयमा चौतर्फी प्रहार गर्ने काम भएको भन्दै उनले दुःख व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);