कृषक व्यवसायीक नगदेबालीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

कृषक व्यवसायीक नगदेबालीतर्फ आकर्षित

nagadade bali

गोपाल पोखरेल,
उदयपुर, २८ साउन । उदयपुर रौतामाई गाउँपालिकाका अधिकांश कृषक व्यवसायीक नगदेबालीतर्फ आकर्षित भएका छन् । गाँउमा यातायत चल्न थालेपछि कृषक व्यवसायीक नगदेबालीतर्फ आकर्षित भएका हुन् ।

उदयपुर रौतामाई गाउँपालिकाका अधिकांश कृषकले अलैंची, चिया, सुन्तला, तेजपात, आलु, अम्लिसो, किबीलगायतका नगदेबाली लगाउन थालेका छन् । गाउँमा यातायात चल्न थालेपछि बजारमा पु¥याउन सहज भएपछि कृषक नगदेबालीतर्फ आकर्षित भएका हुन् । परम्परागत अन्नबालीको तुलनामा नगदेवालीबाट राम्रो आम्दानी भएपछि विगत पाँच वर्षदेखि कृषक नगदेबाली लगाउन थालेका हुन् ।

गाउँपालिकाले कृषकहरुलाई व्यावसायीक खेतीमा आकर्षित गरेर उनीहरुको आर्थिक अबस्थामा सुधार ल्याउने लक्ष्य लिएको छ । कृषिजन्य नगदेबाली उत्पादन गर्ने कृषकलाई हरेक बर्ष अनुदान र पुरस्कारको व्यवस्था समेत गाउँपालिकाले गर्ने जनाएको छ ।

व्यवसायी रुपमा नगदेबाली उत्पादनमा लागेपछि कृषकको आर्थिक अबस्थामा समेत सुधार आएको छ । कृषिबाट राम्रो आम्दानी भएपछि विदेश पलायन हुने युवाको संख्या पनि घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);