गुणस्तरीय शिक्षाका लागि उदाहरण बन्दै बैतडीको 'सिद्धेश्वर मावि' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

गुणस्तरीय शिक्षाका लागि उदाहरण बन्दै बैतडीको ‘सिद्धेश्वर मावि’

siddeshwor school

प्रेम भाट
बैतडी, २७ साउन
। नेपालको शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तर नभएको गुनासो आइरहन्छ । अझ नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको रिजल्ट खस्कदो अवस्थामा छ । तर बैतडीको पाटन नगरपालिका– ९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माद्यामिक विद्यालयको शैक्षिक गुणस्तर अरु विद्यालयको तुलानामा राम्रो मानिन्छ ।

आधारभुत तहका ५ सय ४१ सामुदायिक विद्यालय रहेको बैतडीमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार नभएको गुनासो अभिभावकहरुले गरिरहन्छन् । तर सोहि सामुदायिक विद्यालयहरुमध्येको बैतडीको पाटन नगरपालिका– ९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माद्यमिक विद्यालयप्रति भने अभिभावकहरुको कुनै गुनासो छैन् । विद्यालयले अभिभावकलाई महिनाको एक दिन विद्यार्थीको बारेमा छलफल गर्न बोलाउने गरेको छ । शैक्षिक गुणस्तर उकास्न अभिभावकहरुको सहभागितामा १६ वटा र विद्यार्थीहरुको सहभागितामा १२ वटा समिति गठन गरिएको छ ।

सदरमुकामका अधिकासं सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपात भन्दा शिक्षक धेरै छन् । तर सिद्धेश्वर माविमा भने २ सय ६२ जना विद्यार्थीको जिम्मेवारी तीन जाना शिक्षकलाई छ । थोरै शिक्षकले पनि गुणस्तर शिक्षा दिइरहेको विद्यार्थीहरु बताउछन् ।

मासिक डेढ लाख आर्थिक व्ययभार सहेर पनि विद्यालयले पठनपाठन संचालन गरेको छ । विभिन्न अतिरिक्त कक्षा, कम्प्यूटर कक्षा समेसंचालन गरिरहेको छ । विद्यालयको शिक्षाको गुणस्तर अझै उकास्न थप शिक्षक उपलब्ध गराउन सरोकारवालाले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);