डा. केसीले प्रधानमन्त्रीलाई भने 'सहमति कार्यान्वयन नभए १६ औं पटक अनसन बस्छु' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

डा. केसीले प्रधानमन्त्रीलाई भने ‘सहमति कार्यान्वयन नभए १६ औं पटक अनसन बस्छु’

काठमाडौं २६ साउन । डाक्टर गोविन्द केसीले आफुसंग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । डाक्टर केसीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न सचेत गराए ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा डाक्टर केसीले चिकित्सा शिक्षा विधेयक लगायत सहमतिलाई मन्त्रीपरिषद्बाट निर्णय गराउन भएको ढिलाई बारे प्रधानमन्त्रीसंग जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्रीको जवाफ भने ठोस रुपमा नआएको डाक्टर केसीले बताए । भेटपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफुसंग भएको सहमति कार्यान्वयनबारे प्रधानमन्त्रीले ठोस जवाफ नदिएको बताए ।

१५ पटक सम्म सत्याग्रह गरेका डाक्टर केसीले सहमति कार्यान्वयन भएन भने १६ औं पटक पनि सत्याग्रह गर्न सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।

अध्यादेशमा भएका प्रावधान विपरित हुने गरि मन्त्रीपरिषद्ले गरेका निर्णय हटाउन सरकार सहमत भएपछि डाक्टर केसीले १५ औ सत्याग्रह तोडेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);