तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकलाई मन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकलाई मन्त्रीको निर्देशन

काठमाडौं, २३ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान वरिष्ठ चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भएपनि वरिष्ठ चिकित्सकहरु नगएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नब्बे प्रतिशत भन्दा बढि चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराए ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवालाई गाउँ गाउँसम्म पु-याउन पनि वरिष्ठ चिकित्सकहरुले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड छ । उनले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी गराए ।

उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरबाही हुने गरेको गुनासो आएको बताए । उनले शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताए । कार्यक्रममा मृर्गौला प्रत्यारोपणमा शिक्षण अस्पताल महाराजगंजले खेलेको भूमिकाको प्रसंसा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);