जिम्बाब्बेको राष्ट्रपतिमा सत्तारुढ जानु पीएफका उम्मेदवार मनांगाग्वा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

जिम्बाब्बेको राष्ट्रपतिमा सत्तारुढ जानु पीएफका उम्मेदवार मनांगाग्वा निर्वाचित

mnanagwa

एजेन्सी, १८ साउन । जिम्बाब्बेको राष्ट्रपतिमा सत्तारुढ जानु पीएफका उम्मेदवार एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् ।

पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् । जिम्बाब्बेको निर्वाचन आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेका छन् । मुगाबेलाई पदबाट हटाएपछि राष्ट्रपति बनेका मनांगाग्वालाई मुगाबेले मत नदिन आह्वान गरेका थिए । मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी उम्मेदवार नेल्सन चमिसाले ४४ दशमलव ३ प्रतिशत मत पाए । मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबन्धनको प्रमुख मोर्गन कोमिचीले भने नतिजा फर्जी भएको बताउँदै अस्वीकार गर्ने चेतावनि दिएका छन् । निर्वाचन आयोगले भने निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ । नोभेम्बरमा ९४ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन भएको थियो । मुगाबेलाई पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए ।

निर्वाचनको क्रममा राजधानी हरारेमा फैलिएको दंगा निर्वाचन परिणामपछि शान्त भएको छ । निर्वाचनको क्रममा भएको हिंसामा कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);