बारा, १२ साउन । बाराको प्रसौनी गाउँपालिकाले छोरीको जन्मदर्तासँगै नवजात छोरीको नाममा दश हजार रकमसहित २० वर्षे मुद्दती खाता खोलीदिने भएको छ ।
प्रदेश सरकारले अघि सारेको “बेटी बचाउ बेटी पढाउ” अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले छोरीको नाममा खाता खोली दिने निर्णय गरेको हो ।२०७५ साउन १ गतेपछि जन्मने छोरीको ३५ दिनभित्र जन्मदर्ता गराएको अवस्थामा यस्तो सुविधा उपलब्ध हुनेछ ।
जम्मा भएको रकम लिन छोरी प्लस टु पास गरी २० वर्ष पुगेकी हुनुपर्नेछ । यस कार्यक्रमले समाजमा दाईजो प्रथाका कारण छोरीलाई आर्थिक भारको रुपमा लिने अभिभावकको सोचाइमा परिवर्तन आउने विश्वास लिइएको छ ।